६ भदौ २०८२ शुक्रबार | 22 Aug 2025 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

दक्षिण कोरियामा विमान दुर्घटना: कम्तीमा ८५ जनाको मृत्यु

दक्षिण कोरियाको मुवान अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार राति भएको विमान दुर्घटनामा कम्तीमा ८५ जनाको मृत्यु भएको छ।



Plane Crash
  • एजेन्सीको सहयोगमा
  • ८ महिना अघि
  • पाठक संख्या ३२१
  • दक्षिण कोरिया, पुस १४- दक्षिण कोरियाको मुवान अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार राति भएको विमान दुर्घटनामा कम्तीमा ८५ जनाको मृत्यु भएको छ।

    थाइल्याण्डको बैंककबाट आएको जेजू एयरको फ्लाइट २२१६ अवतरणका क्रममा रनवेबाट चिप्लिएर बारमा ठोक्किएको र त्यसपछि आगलागी भएको थियो। यो घटनामा दुई जना मात्र जिवित रहेको बताइएको छ। तीमध्ये एक जना विमान परिचारिका र अर्की महिला यात्रु हुन्।

    बोइङ ७३७–८०० मोडलको यो विमानमा १८१ जना यात्रु र चालक दलका सदस्य सवार थिए। प्रारम्भिक अनुसन्धानका अनुसार विमानको अवतरण गियरमा समस्या आएको अनुमान गरिएको छ। केही प्रत्यक्षदर्शीहरूले चरा ठोक्किएर विमानले सन्तुलन गुमाएको हुनसक्ने बताए।

    दक्षिण कोरियाको इतिहासमा यो घटनालाई ठुलो विमान दुर्घटनाका रूपमा लिइएको छ। सन् २००२ मा भएको एयर चाइना फ्लाइट १२९ को दुर्घटनामा १२९ जनाको मृत्यु भएको थियो।

    यस घटनाको अनुसन्धानका लागि विशेष टोली परिचालन गरिएको छ। उद्धार कार्य जारी रहेको छ भने कोरियाका कार्यवाहक राष्ट्रपति चोई सांग-मोकले प्रभावकारी उद्धार प्रयास र विस्तृत छानबिनको निर्देशन दिएका छन्।

    घटनाको थप विवरण प्राप्त भइरहँदा मृत्यु संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।