१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

सुनकाे मूल्य बढ्यो, कतिमा हुँदैछ कारोवार?



Gold
  • अञ्जना ढकाल
  • २ बर्ष अघि
  • पाठक संख्या १५८
  • काठमाडौं, पुस १७ - नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ भने चाँदीको भाउ स्थिर रहेको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ हजार ४ सय रूपैयाँले बढेर प्रतितोला १ लाख ५१ हजार रूपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुन प्रतितोला १ लाख ४९ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो।

    यस्तै, आजको दिन चाँदीको मूल्य भने स्थिर रहेको छ। चाँदी आज पनि प्रतितोला १ हजार ७६५ रूपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ।