सप्तरी, पुस १९ - मर्निङ वाकमा निस्किएका सुरुङ्गा नगरपालिका–३ का ६० वर्षीय रामबहादुर नेपालीको गाडीको ठक्करबाट मृत्यु भएको छ।
सुरुङ्गा नगरपालिका–३, कदमाहा–गाईघाट सडक खण्डमा आज बिहान ४ बजे भएको घटनामा नम्बर नखुलेको सवारीले ठक्कर दिएको प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाले जानकारी दिएका छन्।
प्रहरीका अनुसार ठक्कर दिने सवारीको खोजी जारी रहेको छ।
प्रतिक्रिया दिनुहोस