
काठमाडौं, पुस २१ - आइतबार बिहान काठमाडौं महानगरपालिका-२१ स्थित मदन भण्डारी कलेज नजिकै बिएए ८७१४ नम्बरको कार पुलबाट धोबीखोलामा खसेको छ।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार, उक्त कार अनामनगरबाट बानेश्वर जाँदै थियो।
कार ललितपुर महानगरपालिका-१ का ४६ वर्षीय विनोदविक्रम सिजापतिले चलाएका थिए। प्रहरीको भनाइअनुसार, कार खोलामा खसे पनि चालक सकुशल रहेका छन्।
हाल खोलाबाट कार निकाल्ने काम भइरहेको प्रहरीले जानकारी दिएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ।
प्रतिक्रिया दिनुहोस