१७ भदौ २०८३ बुधबार | 02 Sep 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

अस्पताल लैजाने क्रममा गर्भवती महिला र नवजात शिशुको मृत्यु

शिशु जन्मिएपछि अत्यधिक रक्तश्रावका कारण सविताको मृत्यु भएको र शिशुको पनि केही समयपछि मृत्यु भएको थियो।



Dead
  • अञ्जना ढकाल
  • २ बर्ष अघि
  • पाठक संख्या ३३५
  • बझाङ, पुस २३ - बझाङको केदास्युँ गाउँपालिका-१ की २१ वर्षीया सविता बोहराको अस्पताल लैजाने क्रममा सोमबार बाटोमै मृत्यु भएको छ।

    स्थानीय महिलाहरूले प्रसूति गराउनका लागि बोकेर अस्पताल लैजाने क्रममा बोहराले बाटोमै नवजात शिशुलाई जन्म दिएकी थिइन्।शिशु जन्मिएपछि अत्यधिक रक्तश्रावका कारण सविताको मृत्यु भएको केदास्युँ गाउँपालिका-१ का वडाध्यक्ष वीरबहादुर भण्डारीले जानकारी दिएका छन्। उनका अनुसार शिशुको पनि केही समयपछि मृत्यु भएको थियो।

    बझाङ, बाजुरा, अछामलगायत दुर्गम जिल्लाका महिलाहरू समयमै स्वास्थ्य संस्थामा पुग्न नसक्दा वर्षेनी अकालमै ज्यान गुमाउनुपर्ने स्थिति सिर्जना भइरहेको छ।

    स्वास्थ्य सेवाको अभावका कारण यस्ता घटनाहरू बारम्बार दोहोरिरहेको स्थानीयले बताएका छन्।