१७ भदौ २०८३ बुधबार | 02 Sep 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

सिन्धुपाल्चोकमा करेन्ट लागेर एकजनाको मृत्यु

विद्युत पोलमा चढी तार फेर्ने क्रममा करेन्ट लागेर ३३ वर्षीय रामचन्द्र तामाङको मृत्यु भएको हो।



  • अञ्जना ढकाल
  • २ बर्ष अघि
  • पाठक संख्या २३०
  • सिन्धुपाल्चोक, पुस २८ – सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ खुर्सानिबारीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ।

    नेपाल विद्युत प्राधिकरणको विद्युत पोलमा चढी तार फेर्ने क्रममा मकवानपुर थाहा नगरपालिका–७ पालुङ घर भएका ३३ वर्षीय रामचन्द्र तामाङको मृत्यु भएको हो।

    प्रहरीका अनुसार तामाङको शनिबार साँझ मृत्यु भएको हो। उनी बाह्रबिसे नगरपालिका–४ मा बस्दै आएका थिए। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।