
काठमाडौं, माघ ३ - अभद्र व्यवहार कसुरमा पक्राउ परेकी आशिका तामाङलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति प्राप्त भएको छ।
बुधबार दिउँसो स्वयम्भूबाट पक्राउ गरिएकी तामाङलाई गौशाला प्रहरी वृत्त पठाइएको थियो। जिल्ला प्रशासन कार्यालय काठमाडौंले थप अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरिदिएको गौशाला प्रहरी वृत्तले जनाएको छ।
प्रहरीका अनुसार, तामाङलाई गत पुस २६ गते पशुपति क्षेत्र विकास कोषको पत्र जाहेरी र पुस २५ को प्रहरी प्रतिवेदनका आधारमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो।
प्रहरीले पुस २८ गते अभद्र व्यवहार कसुर शीर्षकमा जिल्ला प्रशासन कार्यालय बबरमहलबाट पक्राउ पुर्जी जारी गराएको थियो।
पछिल्लो समय पशुपति क्षेत्र विकास कोष परिसरमा तामाङले महिला प्रहरीलाई दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो।
तामाङले आफूलाई सामाजिक अभियन्ता भन्दै फेसबुकलगायत सामाजिक सञ्जालमा विभिन्न भिडियोहरू पोस्ट गर्दै आएकी छिन्।
प्रतिक्रिया दिनुहोस