१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

क्यानडामा नेपाली छात्रामाथि सामूहिक बलात्कार, आरोपितद्वारा मुद्दा फिर्ता लिन बारम्बार धम्की

प्रहरीले पक्राऊ गरेको ३ जना मध्य २ जनालाई धरौटीमा रिहा गरिएको छ।



  • अञ्जना ढकाल
  • २ बर्ष अघि
  • पाठक संख्या २४५
  • काठमाडौं, माघ १० - क्यानडाको ओन्टारियोमा एक नेपाली छात्रामाथि सामूहिक बलात्कार भएको घटना सार्वजनिक भएको छ। एनआरएनए क्यानडाका अनुसार, डिसेम्बर २४ मा ती छात्रालाई आफ्नै साथीहरूले घरमा बोलाएर बलात्कार गरेका हुन्।

    नेपाली युवाहरूले ती छात्रालाई लट्ठ्याउने औषधि खुवाएको र ७ घण्टापछि होसमा आउँदा बेडभरि रगत देखिएको बताइएको छ।

    यस घटनामा संलग्न रहेको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। तीमध्ये २ जनालाई धरौटीमा रिहा गरिएको छ।

    एनआरएनए क्यानडाले पीडित छात्राको उद्धार गरेको छ। महासचिव चन्दा अधिकारीका अनुसार पीडितलाई संरक्षणमा राखिएको छ। "पीडितलाई बलात्कार आरोपितका परिवारले नेपालबाट समेत धम्की दिइरहेका छन्। उनका साथीहरूले पनि साथ नदिएको र मुद्धा फिर्ता लिन बारम्बार धम्की आइरहेको छ," अधिकारीले बताइन्।

    यो घटनाले नेपाली समुदायमा गहिरो असर पारेको छ। पीडितलाई न्याय दिलाउन एनआरएनए क्यानडाले कानुनी सहयोग प्रदान गरिरहेको जनाएको छ।