१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

छाउगोठमा सुतेकी महिलामाथि बाघको आक्रमण

आइतबार राति करिब साढे १० बजेको समयमा ४० वर्षीया सरस्वती बिकलाई बाघले आक्रमण गरी घाइते बनाएको हो।



  • अञ्जना ढकाल
  • २ बर्ष अघि
  • पाठक संख्या ४४१
  • धनगढी, माघ १४ – कैलालीको मोहन्याल गाउँपालिका–७ कुइनेकी एक महिलामाथि छाउगोठमा सुतिरहेको अवस्थामा बाघले आक्रमण गरेको छ। आइतबार राति करिब साढे १० बजेको समयमा ४० वर्षीया सरस्वती बिकलाई बाघले आक्रमण गरी घाइते बनाएको हो।

    मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्यायका अनुसार बाघको आक्रमणका कारण बिकको टाउको र मुखमा चोट लागेको छ। गाउँलेले होहल्ला गरेपछि बाघ भागेको अध्यक्ष उपाध्यायले जानकारी दिए।

    हाल घाइते बिकलाई उपचारका लागि लम्की ल्याउने तयारी भइरहेको छ। उनको अवस्था भने खतरामुक्त रहेको बताइएको छ।