काठमाडौं, माघ १८ - आज शुक्रबार नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ।
सुनचाँदी व्यवसायी महासंघको अनुसार आज सुनकाे मूल्य प्रतितोला दुई हजार तीन सय रूपैयाँ बढी सुनको भाउ बढी छापावाल सुन प्रतितोला एक लाख ६२ हजार ८ सय रूपैयाँमा कराोबार भइरहेको छ।
सुनकाे मूल्य बिहीबार प्रतितोला एक लाख ६० हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको थियो।
त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ। बिहीबार प्रतितोला एक हजार आठ सय ८५ रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला ३० रुपैयाँले बढी एक हजार ९ सय १५ रूपैयाँमा कारोबार भइरहेको छ।
प्रतिक्रिया दिनुहोस