१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

ट्रयाक्टर दुर्घटनामा सहचालकको मृत्यु, चालक फरार

अर्बेनीबाट बिसौनातर्फ जाँदै गरेको ट्रयाक्टर आज बिहान दुर्घटनामा पर्दा एक जनाको मृत्यु भएको छ।



Accident
  • अञ्जना ढकाल
  • २ बर्ष अघि
  • पाठक संख्या २२४
  • स्याङ्जा, माघ २० - कालीगण्डकी गाउँपालिका–२ अर्बेनीबाट बिसौनातर्फ जाँदै गरेको ट्रयाक्टर आज बिहान दुर्घटनामा पर्दा एक जनाको मृत्यु भएको छ।

    लु ३ त ५११२ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई सडकबाट करिब ५०–६० मिटर तल खस्दा सहचालक देवबहादुर विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। ५५ वर्षीय विक कालीगण्डकी–२ अर्बेनीका बासिन्दा हुन्।

    दुर्घटनामा घाइते भएका उनलाई उपचारका लागि गल्याङ नगर अस्पताल लगिएको थियो, तर उपचारका क्रममा उनको मृत्यु भएको प्रहरी उपरीक्षक राजन भुजेलले जानकारी दिए।

    यसैबीच, दुर्घटनापछि ट्रयाक्टर चालक फरार रहेका छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।