२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

सल्यान महोत्सवमा भीषण आगलागी, ८० स्टल जलेर साढे ३ करोडभन्दा बढीको क्षति

आगलागीका कारण ८० वटा स्टल जलेर पूर्ण रूपमा नष्ट भएका छन्, जसबाट करिब ३ करोड ५० लाख रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ।



  • अञ्जना ढकाल
  • ८ महिना अघि
  • पाठक संख्या १६५
  • सल्यान, माघ २७ - सल्यानको श्रीनगरमा जारी दोस्रो बृहत् सल्यान महोत्सवमा शनिबार राति भीषण आगलागी भएको छ।

    आगलागीका कारण ८० वटा स्टल जलेर पूर्ण रूपमा नष्ट भएका छन्, जसबाट करिब ३ करोड ५० लाख रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ।

    कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेतका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शिव कुमार श्रेष्ठ का अनुसार शनिबार राति ११ बजे आगलागी सुरु भएको थियो।

    उक्त आगो स्थानीय बासिन्दा, व्यवसायी, महोत्सव आयोजक समिति र सुरक्षाकर्मीको संयुक्त प्रयासमा तीन घण्टापछि आगो नियन्त्रणमा लिइएको छ।

    शारदा नगरपालिका–१, श्रीनगरको टाउन प्लानिङ क्षेत्रस्थित महोत्सव ८ दिनअघि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान सल्यान द्वारा आयोजित गरिएको थियो। आगलागीका कारण महोत्सव पूर्ण रूपमा प्रभावित भएको छ।

    प्रहरीका अनुसार आगलागीको कारणबारे अनुसन्धान भइरहेको छ।