१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

दोलखामा महिलामाथि खुकुरी प्रहार प्रयास, अंशवन्डा झगडासँग सम्बन्धित

दोलखा प्रहरीले यो घटना अंशवन्डा झगडासँग सम्बन्धित रहेको पुष्टि गरेको छ।



  • अञ्जना ढकाल
  • २ बर्ष अघि
  • पाठक संख्या ३४१
  • दोलखा २९ – सोमबारदेखि सामाजिक सञ्जालमा भाइरल भएको एक भिडिओमा महिलामाथि खुकुरी प्रहार गर्ने प्रयास देखिएको छ। यो घटना दोलखाको बैतेश्वर गाउँपालिका वडा नम्बर ६ को रहेको छ।

    भाइरल भिडिओ र घटनाबारे सोधपुछ गर्दा, दोलखा प्रहरीले यो घटना अंशवन्डा झगडासँग सम्बन्धित रहेको पुष्टि गरेको छ। प्रहरीले जानकारी दिएको अनुसार, फूपुका छोराले मामाको छोरीमाथि खुकुरी प्रहार गर्न खोजेका थिए।

    बैतेश्वर गाउँपालिका वडा-६ की ४१ वर्षीय उषा तामाङमाथि सोमबार बिहान ९ बजे खुकुरी प्रहारको प्रयास गरिएको हो। उषा तामाङ बैतेश्वर माध्यामिक विद्यालयकी शिक्षिका हुन्। उनी घर फर्किदै गर्दा यो घटना भएको थियो।

    प्रहरी निरीक्षक दाताराम अधिकारीका अनुसार, बाटोमा हिँडिरहेकी तामाङलाई मामाको छोरा सुन्दर अधिकारीले धकेलेर खुकुरी देखाएको थियो। खुकुरी प्रहार हुन लाग्दा स्थानीयले देखेपछि तामाङ भाग्न सफल भएकी थिइन्। अधिकारीले थपे, "उनीहरूको बीचमा अंशवन्डाको झगडा चलिरहेको थियो, जसका कारण यो घटना भएको हो।"

    उषाले उच्च अदालतमा पुनारावेदन दिएको कारण आक्रोशमा आएर सुन्दरले खुकुरी प्रहार गर्न खोजेको प्रहरीले अनुसन्धानमा पत्ता लगाएको छ।

    उषा तामाङको अवस्था सामान्य रहेको र सुन्दर अधिकारीलाई पक्राउ गर्न प्रहरी तयारीमा रहेको छ।