१७ भदौ २०८३ बुधबार | 02 Sep 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत सुरु

बबरमहल क्षेत्रमा फुटेको मेलम्ची खानेपानीको पाइप मर्मत कार्य सुरु भएको छ।



  • अञ्जना ढकाल
  • २ बर्ष अघि
  • पाठक संख्या १४१
  • काठमाडौँ, फागुन १ – बबरमहल क्षेत्रमा फुटेको मेलम्ची खानेपानीको पाइप मर्मत कार्य सुरु भएको छ।

    खानेपानीमन्त्री प्रदीप यादवको निर्देशनपछि बुधबार रातिदेखि नै पाइप मर्मत कार्य अघि बढाइएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का प्रमुख कार्यकारी निर्देशक अशोककुमार पौडेलले जानकारी दिएका छन्।

    उनका अनुसार नेपाल विद्युत प्राधिकरणले विद्युतका तारहरू भूमिगत गर्नका लागि सडक खन्ने क्रममा खानेपानीको मुख्य पाइप क्षतिग्रस्त भएको थियो। उक्त पाइप फुटेपछि बबरमहल क्षेत्र जलमग्न भएको थियो।

    प्रमुख कार्यकारी निर्देशक पौडेलले भने, "विद्युत प्राधिकरणले कुनै समन्वय नगरी सडक खन्दा खानेपानीको पाइप फुट्न पुग्यो। पानी बन्द भएपछि रातिदेखि नै मर्मत कार्य सुरु गरिएको छ।"

    मर्मत कार्य सम्पन्न भएपछि नियमित रूपमा पानी वितरण प्रक्रिया सुरु गरिने उनले जानकारी दिए। खानेपानी मन्त्री यादवले विद्युत प्राधिकरणले सम्बन्धित निकायसँग समन्वय नगर्दा यस्तो क्षति भएको बताए।