१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

किट विश्वविद्यालयद्वारा प्रकृतिको नाममा नेपाली विद्यार्थीहरूका लागि विशेष छात्रवृत्ति घोषणा

किट विश्वविद्यालयले नेपाली विद्यार्थीहरूका लागि विशेष छात्रवृत्ति घोषणा गरेको छ।



Prakrit Lamsal
  • अञ्जना ढकाल
  • २ बर्ष अघि
  • पाठक संख्या ११८
  • काठमाडौँ, फागुन ८ - भारतको ओडिसास्थित किट विश्वविद्यालयले नेपाली विद्यार्थीहरूका लागि विशेष छात्रवृत्ति घोषणा गरेको छ।

    केही दिनअघि सोही विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्साल होस्टलमै मृत फेला परेपछि विश्वविद्यालयले यस्तो निर्णय लिएको हो।

    प्रकृति लम्सालको असामयिक निधनले सम्पूर्ण विश्वविद्यालय समुदाय शोकमा रहेको किट विश्वविद्यालयले जनाएको छ। नेपालकी एक प्रतिभाशाली विद्यार्थी गुमाउनु परेको भन्दै विश्वविद्यालयले शोकाकुल परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ।

    विश्वविद्यालयका संस्थापक प्राध्यापक अच्युत सामन्तले प्रकृतिका परिवारजनसँग भेट गरी समवेदना व्यक्त गरेका थिए।

    परिवारको इच्छाअनुसार विश्वविद्यालयले प्रकृतिको नाममा नेपाली विद्यार्थीहरूका लागि छात्रवृत्ति सुरु गर्ने घोषणा गरेको हो। किटका अनुसार यस छात्रवृत्तिले नेपालका धेरै मेधावी विद्यार्थीलाई उच्च शिक्षाको अवसर दिनेछ।

    यसअघि, प्रकृति लम्सालको मृत्यु भएपछि किट विश्वविद्यालयमा विद्यार्थीहरू आन्दोलित भएका थिए। घटनापछि नेपाली विद्यार्थीहरूलाई होस्टलबाट बाहिर निकाल्ने काम समेत गरिएको थियो। यो घटनाले नेपाल र भारत दुवैमा चर्को प्रतिक्रिया उत्पन्न गराएको थियो।

    विश्वविद्यालयका प्राध्यापक सामन्तले नेपाली दूतावासका अधिकारीहरू, नेपाल सरकारका गृहमन्त्री तथा परराष्ट्रमन्त्रीसँग पनि सम्वाद गरी घटनाबारे जानकारी गराएको विश्वविद्यालयले जनाएको छ।