काठमाडौं - नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेर अहिलेसम्मकै उच्च मूल्यमा पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेर १ लाख ७१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।यसअघि सोमबार छापावाल सुनको मूल्य १ लाख ७० हजार ८०० रुपैयाँ थियो।
यस्तै मंगलबार चाँदीको मूल्य भने घटेको छ।
मंगलबार १५ रुपैयाँले घटि १ हजार ९७० रुपैयाँमा कायम भएको छ। सोमबार भने चाँदीको मूल्य तोलामा १ हजार ९८५ रुपैयाँ थियो।
प्रतिक्रिया दिनुहोस