२३ चैत २०८१ शनिबार | 05 Apr 2025 Sat
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

गोरखामा माइक्रोबस दुर्घटना, १ जनाको मृत्यु, १४ घाइते

गोरखाको शहीद लखन गाउँपालिका वडा नम्बर ३ मा माइक्रोबस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने अन्य १४ जना घाइते भएका छन्।



  • अञ्जना ढकाल
  • १ महिना अघि
  • पाठक संख्या ११२
  • गोरखा, फागुन १९ - गोरखाको शहीद लखन गाउँपालिका वडा नम्बर ३ मा माइक्रोबस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने अन्य १४ जना घाइते भएका छन्।

    मनकामना मन्दिरका दर्शनार्थी सवार 'अनटेस्ट' ईभी माइक्रोबस आज बिहान ११:२५ बजे आँबुखैरेनी–गोरखा सडकखण्डमा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय गोरखाले दुर्घटनामा मृत्यु भएका र घाइतेहरुको परिचय नखुलेको जानकारी दिएको छ।

    घाइतेहरुलाई तत्काल उपचारका लागि तनहुँको आँबुखैरेनी अस्पताल पठाइएको छ। दुर्घटनाको कारण भने थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।