१९ भदौ २०८३ शुक्रबार | 04 Sep 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

तीन वर्षसम्म अज्ञात रह्यो बागबजार हत्या प्रकरण

२०७८ सालको फागु पूर्णिमामा बागबजार भक्तपुर बसपार्कमा युवकको हत्या भयो, तर तीन वर्षपछि पनि हत्यारा अज्ञात छन्।



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या १७९
  • काठमाडौं, फागुन २९ – काठमाडौंको बागबजारस्थित भक्तपुर बसपार्कमा २०७८ सालको फागु पूर्णिमाका दिन एक युवकको हत्या भयो। तर, तीन वर्ष बितिसक्दा पनि हत्याराको पहिचान हुन सकेको छैन।

    दिनदहाडै करिब ३०/४० जनाको भिड अगाडि २५ वर्षीय रोशन राईको हत्या गरिएको थियो। सार्वजनिक शौचालयमा कार्यरत राईलाई शुल्क विवादपछि आक्रमण गरिएको प्रहरी अनुसन्धानले देखाएको छ। घटनाका सीसीटीभी फुटेजहरू फेला परे पनि आक्रमणकारीहरू मास्क लगाएका कारण पहिचान गर्न कठिन भएको प्रहरीको दाबी छ।

    भिडिओमा उनी चक्कु बोकेर कसैलाई लखेट्दै गरेको देखिन्छ। तर, त्यसपछि केही व्यक्तिहरूले उनलाई लडाउन र कुटपिट गर्न थालेका थिए। मध्यसडकमा निर्घात आक्रमण गरिए पनि कसैले उद्धार गरेका थिएनन्।

    प्रहरीले घटनाको अनुसन्धान जारी रहेको बताएको छ। अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले यसलाई प्राथमिकतामा राखेर अनुसन्धान अघि बढाउने बताएका छन्। तीन वर्षको अवधिमा अनुसन्धानमा खासै प्रगति हुन सकेको छैन।