काठमाडौँ, चैत्र १ - राजधानीको शंखमुलस्थित इनारमा खसेका एक व्यक्तिलाई प्रहरीले सकुशल उद्धार गरेको छ।
कैलाली, धनगढीका ४३ वर्षीय सतिस शाह स्थानीय उत्तम अर्यालको घरको ३० फिट गहिरो इनार सफा गर्ने क्रममा खसेका थिए।
प्रहरी वृत्त बानेश्वरका डीएसपी वीरेन्द्र गोदार नेतृत्वको टोलीले शाहलाई उद्धार गरी सिभिल अस्पताल पठाएको छ।
इनारको ढकन फुटेर दुर्घटना भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले जानकारी दिएका छन्।
प्रतिक्रिया दिनुहोस