१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

स्यूचाटारमा आगलागी: एक घण्टापछि नियन्त्रण, १५ लाखको क्षति

काठमाडौंको नागार्जुन नगरपालिका–७ स्यूचाटारस्थित एक कच्ची घरमा गएराति आगलागी भएको छ।



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या १७०
  • काठमाडौं, फागुन ३ – काठमाडौंको नागार्जुन नगरपालिका–७ स्यूचाटारस्थित एक कच्ची घरमा गएराति आगलागी भएको छ।

    स्थानीय कृष्णहरि श्रेष्ठको एकतलाको जस्ताको टहरामा राति ९:४० बजे लागेको आगो करिब एक घण्टापछि १०:५० बजे नियन्त्रणमा आएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) अपिल बोहराले जानकारी दिएका छन्।

    साँघुरो गल्ली भएकाले ठूलो दमकल छिर्न नसक्दा आगो निभाउन कठिनाइ भएको थियो। चन्द्रागिरि नगरपालिका र ललितपुर महानगरपालिकाका साना दमकलको सहयोगमा सुरक्षाकर्मी र स्थानीयवासीले आगो नियन्त्रणमा लिएका थिए। अन्य चार वटा दमकल आएका भए पनि सडक साँघुरो भएकाले घटनास्थलसम्म पुग्न सकेनन्।

    प्रहरीका अनुसार आगलागीबाट अन्न, काठका फर्निचर, लत्ताकपडा, घरायसी सामग्री, फलाम र भाँडाकुडा जलेर नष्ट भएका छन्। प्रारम्भिक अनुमानअनुसार घटनामा १५ लाख रुपैयाँ बराबरको क्षति भएको छ।

    विद्युत् चुहिएर आगो लागेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।