रामेछाप, चैत्र ४ - रामेछापको लिखु तामाकोसी गाउँपालिका–६ खिम्ती छ्तउने खोलानजिक भारतीय आरजे १४ टीडी ८६८७ नम्बरको फोर्स गाडी दुर्घटना भएको छ।
गोकुलगंगा गाउँपालिका–४ बेतालीबाट भारतको जयपुर जाँदै गरेको गाडी ब्रेक फेल भएर सडकबाट ५ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।
दुर्घटनामा गोकुलगंगा गाउँपालिका, हेटौँडा उपमहानगरपालिका, र लालबन्दी नगरपालिकाका गरी ८ जना घाइते भएका छन्। उनीहरूको मन्थली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस