काठमाडौं, चैत ६ – पूर्वराजा ज्ञानेन्द्र शाहले गोरखा स्थित गोरखनाथ, गोरखकाली तथा मनकामना मन्दिरमा पूजाअर्चना गर्न जाने भएका छन्।
सम्बाद सचिव डा. फणीराज पाठकले बुधबार सूचना जारी गर्दै शाह यसै साता गोरखा प्रस्थान गर्ने जानकारी गराएका छन्।
प्रजातन्त्र दिवसका अवसरमा पूर्वराजा शाहले दिएको अभिव्यक्ति तथा राजावादी समूहहरूको गतिविधिका कारण मुलुकको राजनीति तरङ्गित भइरहेका बेला उनको गोरखा भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
पूर्वराजाको यो धार्मिक भ्रमणलाई लिएर विभिन्न अड्कलवाजीहरू भइरहेका छन् भने उनका समर्थकहरूले शाहको उपस्थितिलाई सकारात्मक रूपमा लिएका छन्।
प्रतिक्रिया दिनुहोस