१७ भदौ २०८३ बुधबार | 02 Sep 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

भाटभटेनी सुपरमार्केटमा तोडफोड र लुटपाट : ८० लाखभन्दा बढीको क्षति

राजावादी समूहको आन्दोलनका क्रममा उनीहरूका कार्यकर्ताले सुपरमार्केटमा प्रवेश गरी तोडफोड तथा लुटपाट गरेका थिए।



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या १९०
  • काठमाडौँ, चैत्र १८ - कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट्समा भएको तोडफोड र लुटपाटबाट ८० लाखभन्दा बढीको क्षति पुगेको छ। भाटभटेनी सुपरमार्केट्सका सीओओ पानु पौडेलका अनुसार लुटपाटमा ६४ लाख ८८ हजार ३३७ रुपैयाँ बराबरको सामग्री चोरी भएको छ।

    राजावादी समूहको आन्दोलनका क्रममा उनीहरूका कार्यकर्ताले सुपरमार्केटमा प्रवेश गरी तोडफोड तथा लुटपाट गरेका थिए। सुपरमार्केटको बाहिरी भागमा रहेका अधिकांश सिसा फुटेको छ, जसबाट ११ लाख ८५ हजार ८५५ रुपैयाँको क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ।

    त्यसैगरी, दुई लाख ६५ हजार रुपैयाँ बराबरका शोकेस तथा अन्य सामग्रीमा क्षति पुगेको छ भने काउन्टरमा रहेका ९४ हजार रुपैयाँ समेत लुटिएको पाइएको छ।

    यस घटनामा संलग्न ९ जना पक्राउ परिसकेका छन्। प्रहरी अनुसन्धान जारी रहेको छ।