काठमाडौं, चैत्र १९ - सरकारले राजावादी समूहको प्रदर्शनलाई अराजक भन्दै आम नागरिकलाई सहभागी नहुन आग्रह गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले राजावादी समूहको प्रदर्शनमा सहभागी नहुन सरकारको अपिल रहेको जानकारी दिएका छन्।
त्यस्तै, गत शुक्रबार तीनकुनेमा भएको प्रदर्शनका क्रममा घाइते भएकाहरूको उपचार सरकारले गर्ने निर्णय भएको पनि उहाँले बताउए।
"तीनकुने घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न तथा आगामी दिनमा यस्ता घटनाहरू दोहोरिन नदिन गृह मन्त्रालयलाई निर्देशन दिइएको छ। साथै, यस्ता अराजक गतिविधिमा संलग्न नहुन नेपाल सरकार आम नागरिकलाई हार्दिक अपिल गर्दछ," मन्त्री गुरुङले भने।
घटनामा घाइते भएकाहरूको उपचारको व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई जिम्मेवारी दिने निर्णय समेत भएको उहाँले जानकारी गराए।
प्रतिक्रिया दिनुहोस