१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

लगनखेलमा यथास्थितिवाद र प्रतिगमनविरुद्ध नेकपा ललितपुरको विरोध प्रदर्शन आज

नेकपा ललितपुरले यथास्थितिवादी र प्रतिगामी षड्यन्त्रको विरोधमा आज लगनखेलमा विरोध प्रदर्शन गर्ने भएको छ



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या २४०
  • ललितपुर, चैत्र २४ – जनआन्दोलन दिवसको अवसरमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ललितपुरले यथास्थितिवादी र प्रतिगामी षड्यन्त्रको विरोधमा आज लगनखेलमा विरोध प्रदर्शन गर्ने भएको छ।

    पार्टीका केन्द्रीय सदस्य विपिन सीले दलाल संसदीय पुँजीवादको विकल्पमा नेपाली विशेषताको समाजवाद स्थापना गर्नुपर्ने आवश्यकता औंल्याउँदै सबैलाई विरोध प्रदर्शनमा सहभागी हुन आह्वान गरेका छन्।

    प्रदर्शन दिउँसो लगनखेलमा हुने जनाइएको छ। नेकपा ललितपुरले देशमा परिवर्तनको आन्दोलनलाई अगाडि बढाउन निरन्तर संघर्ष आवश्यक रहेको बताउँदै जनताको अधिकार र स्वतन्त्रताको रक्षाका लागि एकजुट हुन आग्रह गरेको छ।