५ बैशाख २०८२ शुक्रबार | 18 Apr 2025 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

रास्वपा नेतृ ज्वाला सङ्ग्रौलाविरुद्ध अवहेलना मुद्दा दायर

रास्वपा केन्द्रीय सदस्य टीका (ज्वाला) सङ्ग्रौलाविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर भएको छ।



  • अञ्जना ढकाल
  • १ हप्ता अघि
  • पाठक संख्या ६९
  • काठमाडौँ, चैत्र २८ - रास्वपा केन्द्रीय सदस्य टीका (ज्वाला) सङ्ग्रौलाविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर भएको छ।

    एलएलबी अध्ययनरत प्रान्ज्वल केसीले न्यायाधीश र अदालतलाई अपमानजनक अभिव्यक्ति दिएको भन्दै बुधबार मुद्दा दायर गरेका हुन्।

    सङ्ग्रौलाले रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालतको आदेशपछि फेसबुकमा विवादास्पद अभिव्यक्ति दिएकी थिइन्।

    केसीले अदालतलाई धम्की दिइएको, न्यायाधीशको अपमान भएको र जनतामा भ्रम फैलिएको दाबी गर्दै १ वर्ष कैद र १० हजार जरिवानाको माग गरेका छन्।

    सामाजिक अभियन्ताका रूपमा चिनिएकी सङ्ग्रौला यसअघि पनि अभद्र व्यवहारको आरोपमा पक्राउ परेकी थिइन्।