१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

युट्युबमा नयाँ एआई फिचर, अब आफैं संगीत बनाउन सकिने

'म्युजिक असिस्टेन्ट' नामक यो टूलमा प्रयोगकर्ताले mood, शीर्षक वा लम्बाइ लेखेर आफैंले संगीत माग्न सक्छन्।



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या १४५
  • काठमाडौं, वैशाख ३ - युट्युबले क्रिएटरहरूका लागि नयाँ एआई टूल सार्वजनिक गरेको छ, जसबाट आफ्ना भिडियोका लागि चाहिएको धुन अनुसारको संगीत आफैं सिर्जना गर्न सकिनेछ।

    यो सुविधा युट्युब स्टुडियोको "क्रिएटर म्युजिक" ट्याबमा उपलब्ध हुनेछ र सबै प्रयोगकर्ताका लागि निःशुल्क रुपमा विस्तारै सार्वजनिक गरिँदैछ।

    "म्युजिक असिस्टेन्ट" नामक यो टूलमा प्रयोगकर्ताले mood, शीर्षक वा लम्बाइ लेखेर आफैंले संगीत माग्न सक्छन्। यसले कपिराइटको झन्झट बिना प्रयोग गर्न सकिने कस्टम म्युजिक दिनेछ।