१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

पत्रकार हुँ भन्दै व्यापारीलाई धम्की दिने एकजना पक्राउ

उनले आफू पत्रकार भएको बताउँदै व्यापारीलाई धम्की दिई रकम असुलेको खुल्न आएको छ।



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या २५८
  • बारा, वैशाख ५ - बाराको प्रसौनी गाउँपालिकाबाट पत्रकार भएको भन्दै व्यापारीलाई धम्की दिने एक व्यक्ति पक्राउ परेका छन्।

    पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–१० निवासी ४५ वर्षीय विष्णु सर्राफ रहेका छन्।

    जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी विजयराज पण्डितका अनुसार सर्राफले आफू पत्रकार भएको बताउँदै व्यापारीलाई धम्की दिई रकम असुलेको खुल्न आएको छ।

    हाल उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।