१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

विप्लव सीको नयाँ पहल: सामूहिक श्रम र व्यावसायिक उत्पादनमार्फत आत्मनिर्भर समाजको निर्माण

महासचिव विप्लव सीले जनकम्युन कृषि अब व्यावसायिक उत्पादनमा रूपान्तरण गर्ने घोषणा गरेका छन्।



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या ४१५
  • अर्घाखाँची, वैशाख ८ - नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले जनकम्युन कृषि अब व्यावसायिक उत्पादनमा रूपान्तरण गर्ने घोषणा गरेका छन्। उनले भने, 'पहिले हाम्रो उत्पादन आफ्नै आवश्यकता पूरा गर्न मात्र थियो, अब हामी बजारमा प्रतिस्पर्धा गर्न सक्ने गरी व्यावसायिक उत्पादन गर्दैछौं।'

    यस वर्ष २०० टन आलु उत्पादन गरी महत्त्वपूर्ण उपलब्धि हासिल गरिएको र अगबरे खुर्सानी पनि बजारमा ल्याउने तयारी भइरहेको जानकारी दिए।

    कम्युनका सदस्यहरूले सामूहिक श्रम र व्यावसायिक दृष्टिकोणमा जोड दिँदै आत्मनिर्भर र समृद्ध भविष्य निर्माण गर्ने लक्ष्य राखेका छन्।

    जनकम्युन कृषिमा १६ जनाको टोली सक्रिय रहेको र ११ रोपनी जग्गामा थप उत्पादनको तयारी भइरहेको छ। विप्लव सीको उद्घोषले जनकम्युनका सदस्यहरूमा नयाँ उत्साह थपेको छ।