वासिङ्टन डीसी, वैशाख ११ – एलन मस्कको नेतृत्वमा रहेको अमेरिकी खर्च कटौती निकाय ‘डज’ले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) स्थायी रूपमा बन्द गर्ने निर्णय गरेको छ।
मंगलबार डजले कर्मचारीहरूलाई इमेल पठाउँदै कार्यक्रम र जनशक्तिमा कटौती हुने जानकारी दिएको हो। मे ५ भित्र अधिकांश कर्मचारीहरू प्रशासनिक बिदामा पठाइने बताइएको छ।
एमसीसी सन् २००४ मा अमेरिकी कंग्रेसद्वारा स्थापना गरिएको थियो। यसले नेपालसहित दर्जनौँ विकासशील देशमा पूर्वाधार विकास र नीतिगत सुधारमा सहयोग गर्दै आएको थियो।
यसअघि डजले यूएसएड र अन्य सहायता एजेन्सीहरू पनि बन्द गरिसकेको छ। एमसीसीको बन्दसँगै अमेरिकी सहायता नीति थप संकुचित हुने संकेत देखिएको छ।
प्रतिक्रिया दिनुहोस