१७ भदौ २०८३ बुधबार | 02 Sep 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

प्रचण्डलाई गोरखामा भेडाको ऊनबाट बुनेको हाफकोट उपहार

प्रचण्ड बारपाक आउने थाहा पाएपछि विशेष तयारी गर्दै भेडाको ऊनबाट हातले बुनेको हाफकोट तयार पारिएको थियो।



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या २३२
  • गोरखा, वैशाख १२ - माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गोरखाको बारपाकमा स्थानीय उत्पादन भेडाको ऊनबाट बुनेको हाफकोट उपहार दिइएको छ।

    बारपाक पुगेका प्रचण्डलाई शुक्रबार बिहान स्थानीय ‘रोसनी आमा’ले आफैंले बनाएको हाफकोट उपहारस्वरूप प्रदान गरिन्।

    प्रचण्ड बारपाक आउने थाहा पाएपछि उनले विशेष तयारी गर्दै भेडाको ऊनबाट हातले बुनेको हाफकोट तयार पारेकी थिइन्।

    स्थानीयस्तरमा उत्पादन भएको सामग्री उपहार दिँदा नेता र जनताबीचको आत्मीयता झनै बढ्ने जनाइएको छ। प्रचण्डले उपहारप्रति खुशी व्यक्त गर्दै रोसनी आमालाई धन्यवाद दिएका थिए।