१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

विप्लव सी द्वारा ललितपुर हरिसिद्धिका स्थानीयसँग भेटघाट, विकासका मुद्दामा छलफल

विशेषगरी खानेपानी, सडक, ढल निकास र अन्य आधारभूत समस्याहरूका बारेमा स्थानीयहरूले आफ्ना गुनासाहरू राखेका थिए।



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या ४०४
  • ललितपुर, वैशाख १३ - नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले ललितपुर महानगरपालिका वडा नम्बर २८, हरिसिद्धि लामा डोलाका स्थानीय बासिन्दाहरूसँग भेटघाट तथा छलफल गरेका छन्।

    भेटघाटका क्रममा परिचय आदानप्रदानका साथै स्थानीय विकासका विभिन्न विषयमा छलफल भएको थियो। विशेषगरी खानेपानी, सडक, ढल निकास र अन्य आधारभूत समस्याहरूका बारेमा स्थानीयहरूले आफ्ना गुनासाहरू राखेका थिए।

    स्थानीय बासिन्दाहरूले राजधानीबाट नजिक भए पनि राज्यबाट पाउनुपर्ने सुविधा नपाएको गुनासो गरेका थिए। उनीहरूले विकास निर्माणका कार्यहरूमा राज्यको ध्यान नपुगेको बताएका थिए।

    जवाफमा महासचिव विप्लव सीले स्थानीयका समस्याहरूलाई सम्बन्धित निकायसम्म पुर्‍याउन पहल गर्ने बताए। उनले स्थानीयका गुनासाहरूलाई गम्भीरतापूर्वक लिएको र यस विषयमा पार्टीले आवश्यक पहल गर्ने आश्वासन दिए।

    महासचिव विप्लव सी नेकपाको महासचिव हुन्। यो भेटघाटले स्थानीय जनता र राजनीतिक नेतृत्वबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास गरिएको छ।