१७ भदौ २०८३ बुधबार | 02 Sep 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

सहिदका सपना पूरा गर्ने अध्यक्ष प्रचण्डको प्रतिबद्धता

‘प्रचण्ड’ले सहिदका सपना पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या ११४
  • कञ्चनपुर, वैशाख १७ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिदका सपना पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

    हुलाकी राजमार्ग केन्द्रित जनतासँग माओवादी तराई–मधेस जागरण अभियान अन्तर्गत पुनर्वास नगरपालिकाको मातियाबस्ती पुगेका अध्यक्ष प्रचण्डले ‘एक सहिद, एक रोजगार कार्यक्रम’ सञ्चालन गरिने घोषणा गरेका हुन्।

    सहिद परिवार सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले सहिद र बेपत्ता योद्धा परिवारप्रति आफू र आफ्नो पार्टी गम्भीर रूपमा जिम्मेवार रहेको बताए। उनले सहिदहरूले देखाएको सत्मार्गमा लाग्ने प्रतिज्ञा गर्दै सहिद परिवारलाई पार्टीले उच्च सम्मानका साथ हेर्ने स्पष्ट पारे।

    अध्यक्ष दाहालले जनताको बलिदानबाट गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको स्मरण गराउँदै गणतन्त्रको विकल्प अरु कुनै शासन व्यवस्था हुन नसक्ने धारणा राखे। कार्यक्रममा उनले सहिद परिवारका सदस्यहरूलाई दोसल्ला ओढाएर सम्मानसमेत गरे।

    त्यसैगरी, अध्यक्ष दाहालले बेलौरी नगरपालिकाको रामपुरस्थित खानेपानी आयोजना उद्घाटन गरे भने सोही नगरपालिकाको पर्यटकीय क्षेत्र शोभातालको अवलोकनसमेत गरे।

    पुनर्वास नगरपालिका–५ स्थित शोभाताल प्राङ्गणमा सहिद तथा बेपत्ता परिवारका सदस्यहरूसँगको भेटमा अध्यक्ष दाहालले सहिदहरूको बलिदान खेर जान नदिने र न्याय, सम्मान तथा समानताको मार्गमा अघि बढ्ने प्रतिबद्धता दोहोर्याए।