८ जेठ २०८२ बिहिबार | 22 May 2025 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

सङ्क्रमणकालीन न्यायमा निष्पक्षता माग गर्दै द्वन्द्वपीडितको ध्यानाकर्षण, ओलीले दिए न्यायको आश्वासन

ओलीले सबै पीडितलाई न्याय दिने प्रतिबद्धता जनाउँदै आयोगप्रति विश्वास राख्न आग्रह गरे।



  • अञ्जना ढकाल
  • ३ हप्ता अघि
  • पाठक संख्या ५२
  • काठमाडौं, वैशाख २१ – संक्रमणकालीन न्यायसँग सम्बन्धित आयोगको पदाधिकारी सिफारिस प्रक्रियामा पारदर्शिता र विश्वसनीयता हुनुपर्ने माग गर्दै द्वन्द्वपीडित संस्थाका प्रतिनिधिहरूले सरकारलाई ध्यानाकर्षण गराएका छन्।

    आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा द्वन्द्वपीडित नेतृ देवी खड्कासहितको टोलीले ध्यानाकर्षण पत्र बुझाउँदै सिफारिस प्रक्रिया निष्पक्ष र पीडितमैत्री हुनुपर्ने बताएका हुन्।

    प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त अवसरमा सबै पीडितलाई न्याय दिने प्रतिबद्धता जनाउँदै आयोगप्रति विश्वास राख्न आग्रह गरे।

    “म पीडितसँग खेल्न चाहन्न, संक्रमणकालीन न्याय निष्कर्षमा पुर्‍याउन लागिरहेको छु,” प्रधानमन्त्री ओलीले भने, “द्वन्द्वकालमा हाम्रो पार्टी एमाले पनि पीडित बनेको छ।”

    भेटमा प्रधानमन्त्रीका सल्लाहकार अग्नि खरेल पनि सहभागी थिए।