२३ बैशाख २०८२ मंगलबार | 06 May 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

राजसंस्था मरिसकेको बाघ हो, त्यसको सिनो बोक्नेको काँध गन्हाउँछ

धनराज गुरूङले राजसंस्थालाई ‘मरिसकेको बाघ’ को संज्ञा दिँदै त्यसलाई पुनर्जीवन दिन खोज्नेहरूमाथि तीव्र आलोचना गरेका छन्।



  • अञ्जना ढकाल
  • ३ घण्टा अघि
  • पाठक संख्या ३२
  • काठमाडौं, वैशाख २३ – नेपाली कांग्रेसका सांसद धनराज गुरूङले राजसंस्थालाई ‘मरिसकेको बाघ’ को संज्ञा दिँदै त्यसलाई पुनर्जीवन दिन खोज्नेहरूमाथि तीव्र आलोचना गरेका छन्।

    मंगलबार प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि बोल्दै सांसद गुरूङले २०६२/६३ को जनआन्दोलनपछि जनताले राजसंस्थालाई अन्त्य गरिसकेको उल्लेख गरे।

    उनले भने, "जनताले लखेट्दै लखेट्दै लैजाँदा भीरबाट लडेर मरेको बाघलाई दुई चार जनाले फेरि काँधमा बोकेर जिउँदो छ भनेर ल्याउँदैमा हामी पनि त्यही लहलहैमा लाग्नु हुदैन।"

    गुरूङले थपे, "मरिसकेको बाघको सिनो बाकेर ल्याउनेको काँध गन्हाउँछ, हामीले पनि त्यो सिनोलाई लात्ताले हान्दा हाम्रो खुट्टा गन्हाउँछ होला। त्यसैले आफूले के गर्दैछौं भन्ने कुरामा होश पुर्‍याउनु आवश्यक छ।"

    उनले प्रतिनिधिसभामार्फत सचेत गराउँदै भने, "आफ्नो खुट्टा सफा राख्न कर्ममा ध्यान दिनुपर्छ। जनताको मन जित्ने काम व्यवहारबाटै गर्नुपर्छ।"

    सांसद गुरूङको यो वक्तव्य अहिले राजनीतिक वृत्तमा चर्चा र बहसको विषय बनेको छ।