काठमाडौँ, वैशाख २५ - राप्रपा नेपालका अध्यक्ष कमल थापाले हिन्दु राष्ट्र र राजसंस्थाको एजेण्डा स्थापित नभएसम्म राष्ट्रवादी आन्दोलन नरोकिने स्पष्ट पारेका छन्। बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यो आन्दोलन अझ सशक्त ढंगले अगाडि बढ्ने बताएका हुन्।
राजसंस्था पुनःस्थापनाका लागि गठित नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष थापाले राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनलाई धन्यवाद दिँदै राष्ट्रवादी आन्दोलनको नेतृत्व गर्ने जिम्मेवारी लिङदेनको काँधमा रहेको उल्लेख गरे।
“हामीहरू हिन्दु राष्ट्रको एजेण्डा स्थापित नभएसम्म निरन्तर आन्दोलन गरिरहने प्रतिवद्धताका साथ एक ठाउँमा भेला भएका छौँ,” थापाले भने, “अब हाम्रो एकतालाई कसैले पनि कमजोर पार्न सक्दैन, फुटाउन सक्दैन।”
उनले राष्ट्रवादी शक्तिहरु एकतावद्ध भएर देशलाई भ्रष्टाचार र कुशासनबाट मुक्त गर्ने दाबी गर्दै हिन्दु राष्ट्रको पुनःस्थापनासँगै आर्थिक सुशासन कायम गर्ने अठोट दोहोर्याए।
कार्यक्रममा राजावादी समूहले जेठ १५ गतेबाट अनिश्चितकालीन आन्दोलन सुरु गर्ने घोषणा समेत गरेका छन्।
प्रतिक्रिया दिनुहोस