३१ जेठ २०८३ आईतबार | 14 Jun 2026 Sun
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

काठमाडौंमा राजसंस्थाको समर्थनमा मोटरसाइकल र्‍याली, जेठ १५ देखि जनआन्दोलनको घोषणा

राजसंस्था पुनःस्थापनाको माग गर्दै संयुक्त जनआन्दोलन समितिले शुक्रबार काठमाडौंमा मोटरसाइकल र्‍याली निकालेको छ।



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या ७७
  • काठमाडौं, वैशाख २६ - राजसंस्था पुनःस्थापनाको माग गर्दै संयुक्त जनआन्दोलन समितिले शुक्रबार काठमाडौंमा मोटरसाइकल र्‍याली निकालेको छ। समितिको आह्वानमा दिउँसो सुकेधाराबाट सुरु भएको र्‍याली बल्खुसम्म पुगेको हो।

    यसअघि बिहीबार पत्रकार सम्मेलनमार्फत समितिले राजसंस्था पुनःस्थापना नभएसम्म निरन्तर आन्दोलन गर्ने घोषणा गरेको थियो। सोही घोषणाअनुसार शुक्रबारबाट आन्दोलनको कार्यक्रम औपचारिक रुपमा सुरु गरिएको जनाइएको छ।

    र्‍यालीमा समितिका संयोजक नवराज सुवेदी, राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपा नेता विक्रम पाण्डे लगायतको उपस्थिति रहेको थियो।

    संयुक्त जनआन्दोलन समितिले आगामी जेठ १५ गतेदेखि औपचारिक जनआन्दोलन सुरु गर्ने घोषणा पनि गरेको छ।