१७ भदौ २०८३ बुधबार | 02 Sep 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

युद्धविरामपछि पनि जम्मू-कश्मीरमा उच्च सतर्कता, पाकिस्तानी ड्रोन देखिएपछि ब्ल्याकआउट

शनिबार साँझ ५ बजेदेखि युद्धविराम घोषणा भए पनि भारतप्रशासित जम्मू-कश्मीर क्षेत्रमा अझै पनि उच्च सतर्कता अपनाइएको छ।



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या १९६
  • काठमाडौं, वैशाख २८ – भारत र पाकिस्तानबीच शनिबार साँझ ५ बजेदेखि युद्धविराम घोषणा भए पनि भारतप्रशासित जम्मू-कश्मीर क्षेत्रमा अझै पनि उच्च सतर्कता अपनाइएको छ।

    भारतीय अनलाइन हिन्दुस्तान टाइम्स का अनुसार सीमा सुरक्षा बल (BSF) लाई सतर्क अवस्थामा राखिएको छ। पाकिस्तानतर्फबाट जैश-ए-मोहम्मद जस्ता ‘आतंककारी समूह’हरूले घुसपैठ गर्न सक्ने जोखिम कायम रहेकाले भारतले सीमा क्षेत्रमा कडा सुरक्षा व्यवस्था मिलाएको हो।

    शनिबार युद्धविराम घोषणा भए पनि पाकिस्तानले श्रीनगरलगायतका क्षेत्रहरूमा हवाइ आक्रमण गरेको रिपोर्टहरू सार्वजनिक भएका छन्। रातिको समयमा पाकिस्तानी ड्रोनहरू देखिएपछि सिमावर्ती विभिन्न ठाउँहरूमा ब्ल्याकआउट गरिएको थियो।

    पठानकोट, गुरदासपुर, बठिन्डा लगायतका क्षेत्रमा सतर्कता स्वरूप साइरनसमेत बजाइएको थियो।

    चार दिनदेखि चुलिँदै आएको भारत-पाकिस्तान तनाव अकस्मात् युद्धविरामले थामिएको भए पनि सीमावर्ती क्षेत्रमा अझै डर र त्रासको वातावरण कायम रहेको छ।