२९ बैशाख २०८२ सोमबार | 12 May 2025 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

ओलीको नयाँ व्याख्या : जेन–जीले सञ्चालन गर्ने सबै व्यवसाय स्टार्टअप

ओलीले स्टार्टअपको परिभाषाबारे नयाँ व्याख्या गरेका छन्।



  • अञ्जना ढकाल
  • २० घण्टा अघि
  • पाठक संख्या ४४
  • काठमाडौं, वैशाख २८ – प्रधानमन्त्री केपी शर्मा ओलीले स्टार्टअपको परिभाषाबारे नयाँ व्याख्या गरेका छन्।

    आइतबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै उनले जेन–जी पुस्ताले सुरु गर्ने सबै व्यवसायलाई स्टार्टअप मानिने बताएका हुन्।

    सामान्यतः नयाँ प्रविधि, नवप्रवर्तन र वन प्रवर्द्धनसँग सम्बन्धित व्यवसायलाई मात्र स्टार्टअप भनिन्छ भन्ने आम बुझाइ विपरीत ओलीले फरक दृष्टिकोण प्रस्तुत गरेका हुन्।

    उनका अनुसार जेन–जी पुस्ता सहभागी भएर सुरु गर्ने कृषि, घरेलु, साना उद्योगदेखि लिएर अन्य कुनै पनि व्यवसायलाई स्टार्टअप मान्न सकिनेछ।

    अघिल्लो आर्थिक वर्षमा औद्योगिक व्यवसाय विकास प्रतिष्ठानमार्फत स्वीकृत भएका ६६१ स्टार्टअप कर्जामध्ये अधिकांश कृषि, घरेलु र साना व्यवसायसँग सम्बन्धित थिए।

    केही मात्र सूचना प्रविधि र नवप्रवर्तनका क्षेत्रसँग सम्बन्धित रहेको प्रधानमन्त्रीले जानकारी दिए।