काठमाडौँ, वैशाख २९ — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मेलम्ची र हेलम्बु क्षेत्रको पुनःनिर्माणमा सरकार गम्भीरतापूर्वक लाग्ने बताएका छन्।
मेलम्ची र हेलम्बु क्षेत्रको स्थलगत निरीक्षणपछि उनले बाढीले क्षति पुर्याएका संरचनाहरू पुनःनिर्माण गरिने र सिँचाइ व्यवस्थापनलाई विशेष प्राथमिकता दिइने जानकारी दिए।
“म यो क्षेत्रको पुनःनिर्माणका लागि प्रतिबद्ध छु,” मन्त्री खड्काले भने, “सिंचाइको राम्रो व्यवस्था गरेर कृषिमा उत्पादन बढाउने सरकारको योजना छ।”
उनले इन्द्रावती नदीको पानी प्रयोग गरी सिँचाइका लागि डीपीआर तयार गरिने बताए। निरीक्षणमा राज्यमन्त्री, सांसद, सचिवसहितको टोली सहभागी थियो। स्थानीयले पुनःनिर्माणको माग गर्दै मन्त्रीलाई ज्ञापनपत्र पनि बुझाएका छन्।
प्रतिक्रिया दिनुहोस