काठमाडौं, वैशाख ३० - रौतहटको कटहरिया नगरपालिका–५ मा २१ वर्षीया नवविवाहित सानिया प्रविनको शंकास्पद मृत्यु भएको छ। आइतबार दिउँसो आफ्नै घरको कोठामा झुन्डिएको अवस्थामा शव फेला परेको हो।
सानियाको विवाह ६ महिनाअघि अरमान राय भाटसँग मुस्लिम परम्पराअनुसार भएको थियो। मृतककी आमा कायमा खातुनले दाइजोको कारण छोरीमाथि शारीरिक तथा मानसिक यातना दिइएको र हत्या गरी आत्महत्या देखाउन खोजिएको आरोप लगाएकी छन्।
माइती पक्षले जाहेरी दिँदै संलग्नहरूलाई कारबाही गर्न माग गरेको छ। प्रहरीका अनुसार घटनाको अनुसन्धान भइरहेको छ।
प्रतिक्रिया दिनुहोस