१९ भदौ २०८३ शुक्रबार | 04 Sep 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

पोखरामा मरेको खसीको मासु बेच्ने दुई जना पक्राउ, ५४ किलो मासु बरामद

पोखरामा मरेको खसी काटेर मासु बिक्री गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या २२१
  • पोखरा, वैशाख ३१ — पोखरामा मरेको खसी काटेर मासु बिक्री गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।

    पोखरा महानगरपालिका–१६ स्थित मोडेल सप्लायर्स र पोखरा लाइभ स्टोर्स एण्ड कृषि फार्ममा कार्यरत उनीहरूलाई प्रहरीले बुधबार नियन्त्रणमा लिएको हो।

    पक्राउ पर्नेमा मोडेल सप्लायर्समा कार्यरत ३८ वर्षीय मिलन गुरुङ र पोखरा लाइभ स्टोर्समा कार्यरत ३२ वर्षीय राम गुरुङ रहेका छन्। उनीहरूलाई वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोलीले पक्राउ गरेको कास्की प्रहरीका प्रवक्ता डीएसपी हरि बस्नेतले जानकारी दिए।

    प्रहरीले उनीहरूबाट मरेको खसीको ५४ किलो मासु समेत बरामद गरेको छ। यस घटनाबारे कास्की जिल्ला अदालतबाट ५ दिनको म्याद लिई कालो बजार तथा केही सार्वजनिक अपराध अन्तर्गत अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।