१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

खोला एकातिर, पुल अर्कोतिर : मोरङको कानेपोखरीमा अनौठो विकास

करिब २१ लाख लागतमा बनेको उक्त संरचना हेर्दा मसानघाटजस्तो देखिन्छ।



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या २७९
  • मोरङ, जेठ १ - मोरङको कानेपोखरी–६ सीताधापमा खोलोमाथि होइन, खोलोभन्दा पर कल्भर्ट बनेको छ। करिब २१ लाख लागतमा बनेको उक्त संरचना हेर्दा मसानघाटजस्तो देखिन्छ।

    २०८०/८१ मा २५ लाख बजेट विनियोजन गरिए पनि ठेकेदारले १९ लाखभन्दा बढी भुक्तानी लिइसकेको छ, तर २५ प्रतिशत काम पनि पूरा भएको छैन। स्थानीय शान्ता मगर भन्छिन्, “पुल त मजाकजस्तै बनेको छ।”

    चालु आर्थिक वर्षमा फेरि २५ लाख बजेट र थप ३३ लाख लाग्ने अनुमान गरिएको छ। गाउँपालिकाकी प्रमुख प्रशासकीय अधिकृत हीराकुमारी यादवले अनुगमनपछि काममा कमजोरी देखिएको स्वीकार गरेकी छिन्।

    स्थानीय बासिन्दा अझै पनि खोला तरेर दैनिक कार्यमा जाने बाध्यता छन्। अनुगमन, पारदर्शिता र जवाफदेहिता नभएसम्म यस्ता योजनाले जनताको जीवन सहज बनाउन सक्दैनन्।