२३ असार २०८२ सोमबार | 07 Jul 2025 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

दैलेखमा प्रचण्डलाई काँक्रोको उपहार

‘प्रचण्ड’लाई एक स्थानिय किसानले आफ्नै खेतबारीमा उत्पादन गरेको काँक्रो उपहार दिएका छन्।



  • अञ्जना ढकाल
  • २ महिना अघि
  • पाठक संख्या ८५
  • काठमाडौं, जेठ ४ - नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई एक स्थानिय किसानले आफ्नै खेतबारीमा उत्पादन गरेको काँक्रो उपहार दिएका छन्।

    मध्यपहाडी लोकमार्ग केन्द्रित जनअभियानको क्रममा दैलेख सदरमुकामतर्फ जाँदै गर्दा चामुण्डा बिन्द्रासैनी नगरपालिका–६, जम्बुकाँधका किसान नगेन्द्र खड्काले अध्यक्ष प्रचण्डलाई काँक्रोको उपहार दिएका हुन्।

    प्रचण्डको सचिवालयका अनुसार खड्का पूर्णतः खेती–किसानीमा आश्रित छन् र माओवादी केन्द्र निकट किसान संगठनसँग पनि आवद्ध छन्।

    खड्काले पूर्वप्रधानमन्त्रीलाई आफ्नै मिहिनेतले फलाएको काँक्रो उपहार दिन पाउँदा गर्व महसुस भएको प्रतिक्रिया दिएका छन्। उनी डोकोमा काँक्रो बोकेर स्वागतका लागि सडकछेउमा उभिएका थिए।