८ जेठ २०८२ बिहिबार | 22 May 2025 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

चोभार सुक्खा बन्दरगाहमा थुप्रिए ९५० भन्दा बढी विद्युतीय गाडी

हालसालै इभीको आयात तीव्र रूपमा बढेपछि बन्दरगाहमा गाडीको चाप देखिएको हो।



  • अञ्जना ढकाल
  • ३ दिन अघि
  • पाठक संख्या ४३
  • काठमाडौं, जेठ ५ — चोभारस्थित सुक्खा बन्दरगाहमा ९५० युनिटभन्दा बढी विद्युतीय सवारीसाधन (इभी) थन्किएका छन्। हालसालै इभीको आयात तीव्र रूपमा बढेपछि बन्दरगाहमा गाडीको चाप देखिएको हो।

    नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलका अनुसार रसुवागढी र तातोपानी भन्सार नाकाबाट पनि थप एक हजारभन्दा बढी इभी गाडी भित्रिएको छ।

    व्यवसायीहरू चीनमा इभीको मूल्य घट्नु र भन्सार बढ्नसक्ने आशंकाका कारण बढी मात्रामा गाडी आयात गरिरहेका छन्। उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग (खनाल आयोग) को सिफारिसले पेट्रोलियम तथा विद्युतीय सवारीमा कर समायोजन र हरित कर लगाउने संकेत गरेपछि व्यवसायीहरू प्रभावित बनेका हुन्।

    कतिपय गाडी भन्सार क्लियर नगरी चोभारमै थन्किएको छ भने केही गाडी उपत्यका बाहिरका शोरुमहरूमा सिधै पठाइएको छ। शोरुममा गाडी भए पनि व्यापारीहरूले बिक्री ढिलो गर्दै नयाँ मूल्यमा बेच्ने तयारी गरिरहेको उपभोक्ताहरूको गुनासो छ।