१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

गणतन्त्र दिवसको तयारी : सिंहदरबारमा बैठक, प्रधानमन्त्री ओलीले खोजे मेयर बालेन शाह

ओलीले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको अनुपस्थितिप्रति चासो व्यक्त गरेका छन्।



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या १८९
  • काठमाडौं, जेठ ५ - गणतन्त्र दिवस २०८२ को मूल समारोहको तयारीका लागि सोमबार सिंहदरबारमा आयोजित बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको अनुपस्थितिप्रति चासो व्यक्त गरेका छन्।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकमा मेयर शाह उपस्थित नभई उपमेयर सुनिता डंगोलको सहभागिता रहेको थियो। यस विषयमा प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले नाम नलिए पनि “यस्ता महत्त्वपूर्ण बैठकमा जनप्रतिनिधिको उपस्थित हुनुपर्छ” भन्दै आगामी बैठकहरूमा उपस्थिति अनिवार्य बनाउन निर्देशन दिएका छन्।

    बैठकमा गृह मन्त्रालयले गणतन्त्र दिवस भव्य रूपमा मनाउने प्रस्ताव प्रस्तुत गरेको थियो, जसअनुसार जेठ १४, १५, र १६ गते त्रिदिवसीय कार्यक्रमका रूपमा दीप प्रज्वलनसहित दिवस मनाइनेछ।

    मुख्य समारोह जेठ १५ गते सैनिक मञ्च, टुँडिखेलमा हुनेछ।

    समारोह समितिमा उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्री, काठमाडौँ महानगर प्रमुख, ललितपुर महानगर प्रमुख, प्रमुख सचिव, सुरक्षा निकायका प्रमुखलगायत उच्च अधिकारीहरू रहनेछन्।

    प्रधानमन्त्री ओलीले गणतन्त्र दिवसलाई जनस्तरमा समेत भव्य ढंगले मनाउन आग्रह गर्दै यसलाई केवल औपचारिक कार्यक्रममा सीमित नराख्न निर्देशन दिएका छन्।

    नेपालभरका तीन तहका सरकार, निजी क्षेत्र र संघसंस्थालाई सक्रिय सहभागी गराउँदै समिति तथा उपसमिति गठन गरिएको छ। साथै, विदेशस्थित नेपाली नियोगहरूमा समेत कार्यक्रम आयोजना गरिनेछ।