८ जेठ २०८२ बिहिबार | 22 May 2025 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

प्रा.डा. विश्वनाथ पौडेल राष्ट्र बैंकको गभर्नरमा नियुक्त हुने

६ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त हुने निश्चित भएको छ ।



  • अञ्जना ढकाल
  • २ दिन अघि
  • पाठक संख्या ५८
  • काठमाडौं, जेठ ६ - नेपाल राष्ट्र बैंकको गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त हुने निश्चित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच पौडेलको नाममा सहमति जुटेको हो ।

    राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष समेत रहेका पौडेल गभर्नर सिफारिस समितिका सदस्य थिए । तर कांग्रेसले उनलाई गभर्नरको उम्मेदवार बनाएकोले उनले समितिबाट राजीनामा दिएका थिए ।

    आज साँझ मन्त्रिपरिषद् बैठक बस्नेछ, जसले सिफारिस समितिको प्रस्तावमा पौडेललाई गभर्नरमा नियुक्त गर्ने तयारी गरिएको स्रोतले जनाएको छ ।