८ जेठ २०८२ बिहिबार | 22 May 2025 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

विदेशबाट 'बत्ती गयो' भन्दै फोन आउने, ऊर्जा मन्त्रीको गुनासो

नेपालमा लोडसेडिङ भएको भन्दै विदेशबाट समेत फोन आउने गरेको गुनासो गरेका छन्।



  • अञ्जना ढकाल
  • २४ घण्टा अघि
  • पाठक संख्या ४९
  • काठमाडौं, जेठ ७ - ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले नेपालमा लोडसेडिङ भएको भन्दै विदेशबाट समेत फोन आउने गरेको गुनासो गरेका छन्।

    बुधवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा मन्त्री खड्काले विदेशबाट पटक–पटक फोन आइरहेको र अनावश्यक रूपमा दुःख दिने प्रयास भइरहेको बताएका हुन्।

    "विदेशबाट फोन आउँछ, म उठाउँछु, एउटै नम्बरबाट पटक–पटक फोन गर्छन्। रातको १२ बजे पनि फोन गरेर 'हामीकहाँ बत्ती गयो' भन्छन्। यसरी भ्रम फैलाउने काम भइरहेको छ," उनले भने।

    उनले नेपालकै विभिन्न ठाउँमा बत्ती गएको भन्दै आएको गुनासोको वास्तविकता बुझ्दा ती स्थानहरूमा विद्युत अवरुद्ध नभएको पाइने दाबी गरे।

    मन्त्री खड्काले उत्पादन अभावका कारण लोडसेडिङ भएको नभइ कुनै अवरोधको अवस्था भएमा त्यसको कारण प्रष्ट पार्ने गरिएको जानकारी दिए। "जहाँ उत्पादन कम भएको छ, त्यहाँ आवश्यक विद्युत आयात गरेर आपूर्ति सुनिश्चित गरिएको छ," उनले स्पष्ट पारे।