दाङ, वैशाख ८ - लुम्बिनी प्रदेशका दुई प्रादेशिक अस्पतालसहित १४ वटा अस्पतालको विकास समितिमा प्रमुख सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा (एमाले)ले बराबरी भागबन्डा गरेका छन्। दुवै दलले ७/७ वटा अस्पतालमा अध्यक्ष पदको जिम्मेवारी बाँडेका हुन्।
दाङस्थित राप्ती प्रादेशिक अस्पतालको विकास समिति अध्यक्षमा नेपाली कांग्रेसबाट महेन्द्र लामिछाने चयन भएका छन् भने बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा एमालेबाट अजयमान श्रेष्ठ अध्यक्ष नियुक्त भएका छन्। लामिछाने मानव अधिकार तथा शान्ति समाज लगायतका संघसंस्थामा सक्रिय रहँदै आएका छन् भने श्रेष्ठ यसअघि पनि सोही जिम्मेवारीमा थिए।
अन्य अस्पतालमा तोकिएका अध्यक्षहरुः
भालुवाङ अस्पताल (दाङ) — सूर्यप्रकाश शर्मा (एमाले)
रुकुम पूर्व अस्पताल — लोकेन्द्र शाह (कांग्रेस)
पृथ्वीचन्द्र अस्पताल (नवलपरासी) — जगदीश चौधरी (एमाले)
प्युठान अस्पताल — कृष्णप्रसाद बसेल (कांग्रेस)
रोल्पा अस्पताल — शेरबहादुर थापा (कांग्रेस)
रामपुर अस्पताल (पाल्पा) — युवराज खनाल (एमाले)
पाल्पा अस्पताल — अजयमान कर्माचार्य (कांग्रेस)
गुल्मी अस्पताल — राजेन्द्रप्रसाद पाण्डे (एमाले)
अर्घाखाँची अस्पताल — बलाराम मिश्र (एमाले)
कपिलवस्तु अस्पताल — रन्जिकुमार बर्मा (एमाले)
भीम अस्पताल (भैरहवा) — कुलप्रसाद न्यौपाने (कांग्रेस)
हालसम्म औपचारिक रुपमा निर्णय सार्वजनिक नगरिए पनि स्रोतका अनुसार आइतबारभित्र सबै नियुक्तहरुलाई पत्र प्रदान गरिनेछ। दाङ र रुपन्देहीका दुई आयुर्वेद अस्पतालमा भने अझै निर्णय हुन बाँकी छ।
यसअघि २०८० कार्तिक ७ मा एमाले र माओवादी केन्द्रबीचको सहमतिअनुसार नियुक्त भएका अध्यक्षहरूलाई हालको सत्ता समीकरण फेरिएपछि वैशाख १६ मा खारेज गरिएको थियो। चैतमै सहमति भए पनि मन्त्री परिषद बैठक ढिलो बस्दा निर्णयमा समय लागेको हो।
प्रदेशभर रहेका १३ वटा आयुर्वेद अस्पतालमा पनि छिट्टै विकास समिति गठनको प्रक्रिया अघि बढाइने जनाइएको छ।
प्रतिक्रिया दिनुहोस