१७ भदौ २०८३ बुधबार | 02 Sep 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

शव लिएर काठमाडौं आउँदै गरेको एम्बुलेन्स दुर्घटना, तीन जना घाइते

एम्बुलेन्स बिहीबार बिहान दुर्घटना हुँदा तीन जना घाइते भएका छन्।



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या ९८
  • काठमाडौं, जेठ ७ - रामेछापबाट शव लिएर काठमाडौं आउँदै गरेको एम्बुलेन्स बिहीबार बिहान दुर्घटना हुँदा तीन जना घाइते भएका छन्।

    खाँडादेवी गाउँपालिका–३ चारघरेस्थित सित्खा गोगनपानी भित्री सडकमा बिहान करिब १०:४५ बजे एम्बुलेन्स दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी भोला भट्टले जानकारी दिए।

    दोरम्बाबाट शव लिएर काठमाडौं जाँदै गरेको प्रदेश ३–०१–००२ झ ५८०३ नम्बरको एम्बुलेन्स सडकबाट करिब १०० मिटर तल खसेको हो।

    उक्त एम्बुलेन्समा चार जना सवार थिए। दुर्घटनामा चालक सुरेश मगर (२४), नारायणबहादुर नेपाली (४१) र दिलबहादुर दमाई (५३) घाइते भएका छन्।

    प्रहरीका अनुसार घाइतेहरूलाई अर्को एम्बुलेन्समार्फत धुलिखेल अस्पताल पठाइएको छ। शव र दुर्घटनाग्रस्त एम्बुलेन्स भने घटनास्थलमै राखिएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।